एगा पोखराको मैत्रीपूर्ण बनभोज सम्पन्न

पाेखरा | पुस २१, २०७९

एगा पोखराको मैत्रीपूर्ण बनभोज सम्पन्न

पोखरा:   इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराको आयोजनामा आज पर्यटन व्यवसायीबीच मैत्रीपूर्ण बनभोज सम्पन्न भएको छ ।

    
पर्यटन व्यवसायीबीच भाइचारा अभिबृद्धि एवम् व्यवसायिक एकता कायम गर्ने उद्देश्यका साथ कास्कीको लियाडेस्थित १४ माइल रिसोर्टमा मैत्रीपूर्ण बनभोज गरिएको कार्यक्रम संयोजक एवम् एगा पोखराका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।
    

उहाँका अनुसार मैत्रीपूर्ण बनभोज कार्यक्रममा एगासम्बद्ध पर्यटन व्यवसायीसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाका पदाधिकारी एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।
    

एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, पुष्कलबहादुर थापा, निवर्तमान अध्यक्ष विश्वराज पोखरेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक नविन पोखरेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारी, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदी, हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, एनटिभिए गण्डकीका अध्यक्ष बाबुराम पाण्डे, टेसा पोखराका अध्यक्ष नारायण सापाकोटा, ओटेफका अध्यक्ष पार्वती पाण्डे, टेवानका अध्यक्ष कमला गिरी, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्मा, मनिचेन्जर एशोसिएसनका अध्यक्ष रुपक मिश्र लगायतको उपस्थिति थियो ।
    

इम्ब्रोइडरी र गार्मेन्ट्सका माध्यमबाट पर्यटनका क्षेत्रमा विशष्टि योगदान पु¥याउँदै आएका व्यवसायी २०६२ सालमा संगठित बन्दै एगा पोखराको स्थापना गरेको पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा हाल ७५ जना व्यवसायी आवद्ध छन् । संस्थाले व्यवसायिक अभिबृद्धिका साथै सामाजिक सेवाका क्षेत्रमा पनि विभिन्न कामहरू गर्र्द आएको उहाँले बताउनुभयो ।
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्